Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भीमसेन थापा गाउँपालिकामा आजबाट निशुल्क स्वास्थ्य शिविर सुरु


1.7K
Shares

भीमसेन थापा गाउँपालिकामा आजबाट निशुल्क स्वास्थ्य शिविर सुरु

गोरखा, २३ पुस । गोरखाको भीमसेन थापा गाउँपालिकामा आजबाट तीन दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । भिमसेनथापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको सहकार्यमा गाउँपालिकाको वडा नम्बर १ स्थित खान्चोक स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

यहीँ पुस २३ गतेदेखि २५ गतेसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीबाट निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गर्ने खनालले बताउनुभयो ।

शिविरमा छाला सम्बन्धी समस्या, हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, अकुपंचर सेवा, हात खुट्टामा खिल पल्टेको, कोठी पलाएको, शरिरमा आएको मुसा लगायतका अन्य सामान्य जाँच तथा उपचार सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology