Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माछा मार्न गएका पुरूष खोलामा मृत फेला


2.9K
Shares

माछा मार्न गएका पुरूष खोलामा मृत फेला

काठमाडौं, २३ पुस । एक जना पुरूष मृत फेला परेका छन् । बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ सोमबार २ः१५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उनका अनुसार थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए । तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्तहरू खोजी गर्न हिँडेका थिए ।

खोजी गर्नेक्रममा उनको शव बागमती खोलामा फेला परेको हो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology