काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद गरिएको छ। दुबईबाट आएकी ती महिलालाई शनिबार राति करिब १२ बजे पक्राउ गरिएको हो ।
यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ।