Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा युवाहरु मिलेर करिब ७ करोड रुपैयाको लगानीमा नमुना पेट्रोलपम्प सञ्चालनमा ल्याउने


9.9K
Shares

गोरखामा युवाहरु मिलेर करिब ७ करोड रुपैयाको लगानीमा नमुना पेट्रोलपम्प सञ्चालनमा ल्याउने

गोरखा, २१ पुस । गोरखामा युवाहरु मिलेर करिब ७ करोड रुपैयाको लगानीमा नमुना पेट्रोलपम्प सञ्चालनमा ल्याउने भएका छन् । गोरखा नगरपालिका– ११, स्थित कोरियन डाँडामा गोरखा जिल्लामै पहिलो पटक नमुना पेट्रोलपम्प सञ्चालन सञ्चालनमा ल्याउन लागिएको हो ।

करिव ११ रोपनी क्षेत्रफलमा ५ जना युवाहरुले मिलेर सविधासम्पन्न नमुना पेट्रोलपम्प ‘गोरखकाली फ्युल सन्ेटर’ सुरु गर्न लागेको पम्प सञ्चालक मध्येका एक अच्युतलाल श्रेष्ठले जानकारी दिनुभयो । पम्प सञ्चालनका लागि सम्पुर्ण पूर्वाधार निर्माण पुरा भएको उहाँले बताउनुभयो ।

सञ्चालनमा ल्याउन लागिएको नुमना पेट्रोल पम्पको तेल भण्डार क्षमता ६० हजार लिटरको रहेको छ । जसमा डिजल ४८ हजार र पेट्रोल १२ हजार लिटर क्षमताको रहेको श्रेष्ठले बताउनुभयो । पम्पमा एटिएम मेसिन, सुविधा सम्पन्न रेष्टुरेन्टका साथै पार्किङ, कफी सप र गाडी मर्मत केन्द्र समेत राखिएको छ ।

युवाहरुले सुरु गर्न लागेको संयुक्त व्यवसायले विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै मिलेर केही गर्न सकिन्छ भन्ने गतिलो उदाहारण बनेको छ । अहिले सञ्चालन गर्न लागिएको गोरखकाली फ्युल सेन्टर गोरखा जिल्लाकै पहिलो नमुना पेट्रोल पम्प हो । यसअघि गोरखा बजार र कुन्दुरटारमा सञ्चालनमा रहेका दुई वटा परम्परागत संरचनामा रहेको छ ।

नेपाल निगमले अहिले देशैभर सुविधा सम्पन्न नमुना पम्प सञ्चालनको लागि थालनी गरेपछि गोरखामा पनि युवाहरु मिलेर पप्प सञ्चालनमा संरचना निर्माण लगायतका सवै तयारी पुरा गरेका हुन् । पम्प सञ्चालनका लागि स्थानीबासी अच्यूतलाल श्रेष्ठ, शरदबावु कट्टेल, रामहरी केसी, भोला मरहट्टा र काजीराम श्रेष्ठले संयुक्त लगानी गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology