गोरखा, २० पुस । गोरखा । गोरखा नगरपालिका–७, काँडाघारी स्थित धारापानी एक किसानले ९ किलोको एउटै काउली फलाउनु भएको छ । स्थानीय किसान एककुमारी बस्नेतले एउटै काउलीको थुङ्गा ९ किलोको फलाउन सफल गर्नुभएको हो । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ को प्रर्दशनीमा राखिएको छ ।
‘‘काउली जोख्दा पुरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलले भन्नुभयोे, ‘‘डाँठ र पात गरी २ केजी घटाएर हिसाव गर्दा थुङ्गा मात्र ९ किलो भन्दा बढीको रहेको छ ।’’ प्रर्दशनीका लागि किसानले बोकेर ल्याउदा डाँठ र पातको सहित ११ किलो भएपनि डाँठ र पाताको तौल घटाएर हिसाव गर्दा ९ किलोको अनुमान गरी प्रर्दशनीमा राखिएको उहाँले बताउनुभयो ।
प्रमुख पोखरेलका अनुसार यो नेपालमा अहिलेसम्मकै सवैभन्दा ठूलो उत्पादन भएको काउली भएको प्रमुख पोखरेलको भनाई छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा ८ किलो ८८० ग्रामको काउली फेला उत्पादन भएको पाइएको थियो ।
करिब एक रोपनी क्षेत्रफलमा नियमित काउलीको व्यवसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित ८ किलोग्राम भन्दा बढीका थुप्रै काउली उत्पादन भएको देख्न सकिन्छ । बारीमा उत्पादित काउली ठुलो भएका कारण बजारमा बिक्री गर्न समेत कठिनाई हुने गरेकाले ठुला काउली छिमेकमा नै बाडीचुँडी खाने गरेको उहाँले बताउनुभयो ।
“बारीमा अहिले पनि ८ किलोभन्दा ठूला काउली धेरै नै फलेका छन्, बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भन्नुभयो, “लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकोमा खुशी लागेको छ ।” काउलीको डाँठ र पात कटाएर ९ किलो भनिएको भएता पनि अझै बढी तौल भएको उहाँको भनाई छ ।
कृषि क्षेत्रको निरन्तर मेहनत गर्दै आउनु भएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेतीमा गर्ने क्रममा यस पटक एउटै काउली ९ केजी भन्दाबढीको उत्पादन भएको जानकारी दिनुभयो ।
कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ को प्रर्दशनीमा सुझाव दिएकाले आफुहरुले बारीमा उत्पादित सवैभन्दा ठूलो काउली प्रर्दशनीमा पु¥याएको एककुमारीकी श्रीमान प्रलाद बस्नेतले बताउनुभयो ।
‘‘भक्तपुरे जातको काउलीलाई यो बर्ष हामी आफैले क्रस गरेर बिउ उत्पादन गरी लगाएका हौ, उहाँले भन्नुभयो, भदौमा रोपेको काउली अहिले टिपेर पुरै जोख्दा ११ केजी रहेको पाइयो, । मेलामा ज्ञान केन्द्रले प्रर्दशनमा राखेको उक्त काउली हेर्नेका अहिले भिड नै लागेको छ ।