Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा तमु ल्होसारको उल्लास (केही तस्वीरहरू)


2.8K
Shares

गोरखामा तमु ल्होसारको उल्लास (केही तस्वीरहरू)

गोरखा, १५ पुस । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला समितिले गोरखाको आयोजनामा सदरमुकामको खेलकुद मैदानबाट रर्याली निकालिएको छ । रर्यालीमा विभिन्न भेषभूषा र झाँकीसहित सदरमुकामको विभिन्न भागको परिक्रममा गरेको थियो ।

गुरुङ बाहुल्यता रहेको गोरखामा तमु ल्होसार हरेक बर्ष सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology