Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बिप्लव समुहद्धारा आक्रामक कारवाही स्थगन गरेको घोषणा


1.6K
Shares

बिप्लव समुहद्धारा आक्रामक कारवाही स्थगन गरेको घोषणा

गोरखा १०, चैत । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कालका लागि आफ्ना सम्पूर्ण कारवाही स्थगित गरेको घोषणा गरेको छ । पार्टी महासचिव बिप्लवले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै देश कोरोना भाइरसको जोखिमपूर्ण अबस्था रहेकाले पार्टीको सम्पूर्ण कारवाही स्थगन गरेको उल्लेख गर्नुभएको छ ।

‘कारोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाही बाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँछौं ।’महासचिवविप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बिज्ञप्तीमा उहाँले आफ्ना सम्पूर्ण स्वास्थ्य कार्यकर्ता र चिकित्सकहरुलाई समेत जनताको स्वास्थ्य उपचार र जनचेतनामा लाग्न अपिल गर्नुभएको छ ।

बिज्ञप्तीमा भनिएको छ, ‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछु ।’ कोरोनाका कारण बिश्व समुदायलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै बिज्ञप्तीमा जोखिमका बेला सारा देश एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology