Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?


1.1K
Shares

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं,१२ पुस । एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मुल्य हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।

यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो । सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology