गोरखा, १२ पुस । गोरखा सदरमुकाममा प्रहरीमाथी हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ बसपार्क घर भएका ३७ बर्षका ज्ञानबहादुर विश्कर्मा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवम सूचना अधिकारी रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार विश्कर्माले बुधबार बिहान ११ः३० बजेको समयमा सार्वजनिक स्थानमा हो–हल्ला गरी हिडेको र बाटोमा हिड्ने सर्व साधारण मानिसहरुलाई समेत तथानाम गाली गरेकोमा प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरी माथी नै हातपात गर्न खोजेको र गाली गलौज गरेपछी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको विश्वकर्मालाई बुधबार नै सार्वजनिक शान्ति बिरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागी म्याद थप गरीउको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।