Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘दिनमै पटक पटक अत्यधिक टाउको दुख्छ, समस्या के हो ?


1.5K
Shares

‘दिनमै पटक पटक अत्यधिक टाउको दुख्छ, समस्या के हो ?

काठमाडौ, ९ पुस । एकजना ३५ बर्षिय रेष्टुरेन्ट व्यवसायी टाउको दुखाईबाट हैरान रहेछन् । उनको टाउको दुखाई पनि फरक खालको छ । टाउको दिनमा चार–पाँच पटक दुख्छ । एकपटक दुख्दा १५ मिनेटदेखि १ घण्टासम्म दुख्ने उनको भनाई छ । ‘यसले मेरो दैनिकी नै लथालिंग भइसक्यो’ उनी भन्छन्, ‘कतै काममा गयो भने त्यही दुख्न सक्छ, काम नै छाड्नुपर्ने हुन्छ ।’

उनको जस्तै पीडा छ, अर्का ३२ बर्षिय युवाको पनि । उनी ललितपुरको कुमारीपाटीमा फेन्सी स्टोर चलाउँछन् । उनी भन्छन्, ‘बेला बेला टाउको दुख्छ । यसले मलाई धेरै दुःख दिन थाल्यो ।’

यी दुई प्रतिनिधि युवा हुन्, जो फरक प्रकृतिको टाउको दुखाईबाट ग्रस्त छन् । सामान्य अवस्थाको टाउको दुखाई भन्दा उनीहरुको पीडा फरक छ । कुनै काम गर्‍यो भने टाउको दुखेर खपिनसक्नु हुने । के गरौं, के गरौं हुने । फेरी केही क्षणमा आफै निको हुने । तर, फेरी अर्को दिन उही दशा दोहोरिने ।

अक्सर टाउको दुखाई केही समयपछि आफै निको हुन्छ । तर, उनीहरुको टाउको दुखाई ज्यूँको त्यूँ रहेपछि अस्पताल धाउन थालेछन् । एउटा चिकित्सकले भन्छन्, ‘यो मोइग्रेन हो ।’ अर्को चिकित्सकले भन्छन्, ‘तनावको कारण यस्तो भएको हो ।’ न समस्याको सही पहिचान हुन्छ, न टाउको दुख्न नै छाड्छ ।

भनिहालौं, यस्तो किसिमको टाउको दुखाई तुलनात्मक रुपमा पुरुपामा बढी हुन्छ । त्यही कारण पनि यसबारे खासै सोधीखोजी भएको हुँदैन । वास्तवमा यो माइग्रेन होइन, न तनावकै कारण हो । यसलाई क्लस्टर हेडएक भनिन्छ ।

क्लस्टर हेडएक नै हो त ?

त्यसो त टाउको दुख्नुको कारण एउटा मात्र हुँदैन । अनेक कारणले टाउको दुख्छ । टाउको दुखाईको प्रकृति हेरेर यसको समस्या पहिचान गर्न सकिन्छ । क्लस्टर हेडएक नै हो वा होइन भनेर छुट्याउने एउटा सामान्य तरिका भनेको टाउको दुखाईको प्रकृति नै हो ।

यदि क्लस्टर हेडएक भएमा निम्न लक्षण देखिन्छन् ।

–अत्याधिक टाउको दुख्छ ।

–आँखाको आसपासमा दुखाई महसुष हुन्छ । आँखा रातो हुन्छ, आँशु आइरहन्छ ।

–नाकबाट सिँगान बग्छ, नाक बन्द हुन्छ ।

–वेचैन वा छटपटी हुन्छ ।

के यो माइग्रेन भन्दा फरक हो ?

माइग्रेन र क्लस्टरमा केही फरक छ । माइग्रेनमा पनि निरन्तर टाउको दुख्छ, तर केही दिनको फरकमा । क्लस्टर हेडएक भएको छ भने एकै दिनमा पटक पटक टाउको दुख्छ । क्लक्लस्टर हो भने १५ देखि १ सय ८० मिनेटसम्म टाउको दुख्नसक्छ । यदि माइग्रेन भएमा कम्तीमा एक पटकमा ४ घण्टाभन्दा बढी अवधि दुख्छ । त्यसबाट दुखाई निरन्तर ७२ घण्टासम्म रहन सक्छ । क्लस्टर प्राय पुरुषमा हुन्छ भने माइग्रेन महिलामा । यद्यपि यो अनुपात अहिले घट्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । २००६ को अध्ययनअनुसार ६ जना पुरुष बराबर एक जना महिलामा यस किसिमको टाउको दुखाई हुन्थो भने अहिले क्लस्टरबाट पीडित हुने महिलाको संख्या पनि बढ्दो छ । माइग्रेन र क्लस्टर दुबैमा देखिने एकै किसिमको लक्षण भनेको एकातिर मात्र टाउको दुख्नु हो ।

के हो क्लस्टर हेडएक ?

यो एक प्रकारको अत्याधिक टाउको दुख्ने समस्या हो । यस्तो दुखाई प्राय एकातिर आँखाको वरिपरि हुनछ । सहनै नसक्ने गरी दुख्ने हुनाले यसलाई सुसाइडल हेडएक पनि भनिन्छ । यो समस्या थोरै व्यक्तिमा मात्र देखिन्छ । यसले महिलाभन्दा पुरुषलाई बढी सताउने गरेको पाइन्छ रु

किन यस्तो हुन्छ ?
यसको मूल कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । यद्यपि शरीरमा अचानक हिस्टमिन ९शरीरमा हुने एक प्रकारको रसायन, जुन प्रतिरक्षा प्रणालीले पैदा गर्छ र सरोटोनिन मस्तिष्कले पैदा गर्ने एक हर्मोन, जसले हाम्रो मुड, भोक आदि नियन्त्रण गर्छ बढ्दा हुनसक्छ । साथै अनुहारमा जोडिने एक किसिमको नसालाई प्रभावित गर्दा पनि यो समस्या आउन सक्छ ।

के छ त उपचार

क्लस्टर हेडएकमा अकुपञ्चर एकदम प्रभावकारी देखिएको छ । अकुपञ्चरले ९अटोनोमिक रिफ्लेक्स० स्वचालित स्नायु प्रणालीलाई सन्तुलन गर्छ । क्लस्टर हेडएकमा ट्राइजेमिनल नर्व ९अनुहारमा चेतना दिने नसा, जसलाई पाँचौ क्रनियल नसा भनिन्छ० प्रभावित भएको हुन्छ ।

३० दिनसम्म अकुपञ्चर गरेपछि क्लस्टर हेडएक निको हुन्छ । त्यसपछिका केही समय महिनामा एक पटक अकपुञ्चर गरेमा यो समस्या दोहोरिने जोखिम हुँदैन ।

ध्यान दिनुपर्ने कुराहरु

१। चुरोट र रक्सी नखाने ।

२। तनाव व्यवस्थापन गर्ने

३। अक्सिजन थेरापी लिने ।

४। प्राणायाम जस्ता श्वासप्रश्वाससँग सम्बन्धित व्यायाम गर्ने ।

कसलाई हुनसक्छ यो समस्या

–चुरोट तान्नेलाई

–रक्सी पिउनेलाई

–बढी तनाव लिनेलाई

–अचानक धेरै उचाईमा जाँदा

–पारिवारिक समस्या भएका व्यक्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology