गोरखा १० चैत । गोरखा सदरमुकाम भित्र रहेका ईलेक्ट्रिक एण्ड ईलोक्ट्रोनिक पसल बन्दहरु पनि आजदेखि बन्द हुने भएको छ । सरकारले कोरोना भाइरस (कोभिड १९ ) नियन्त्रणका लागि अत्याबश्यक बाहेकका सवै सेवा बन्द गर्ने निर्णय सरकारले गरेसंगै जिल्ला सदरमुकाम भित्र सञ्चालनमा रहेका ईलेक्ट्रिक एण्ड ईलोक्ट्रोनिक पसल बन्द गर्ने निर्णय भएको ईलेक्ट्रिक एण्ड ईलोक्ट्रोनिक एसोसियसन गोरखाका उपाध्यक्ष दिनेश दानीले जानकारी दिनुभयो ।
बर्तमान अबस्था लाई मध्ये नजर गर्दै र नेपाल सरकारको निर्णयलाई समर्थन गर्दै ईलेक्ट्रिक एण्ड ईलोक्ट्रोनिक एसोसियसन गोरखाले अर्को सूचना जारी नहुदाँसम्म गोरखा जिल्लाको सम्पुर्ण ईलेक्ट्रिक एण्ड ईलोक्ट्रोनिक पसल बन्द गरिने जनाएको छ । एसोसियसनको निर्णयमा सहयोग गर्नपनि सम्पुर्ण ईलेक्ट्रिक एण्ड ईलोक्ट्रोनिक एसोसियसन व्यवसायीहरुलाई समितीले अनुरोध गरेको छ ।