Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यो साता दिन बिराएर तीन फिल्म रिलिज हुँदै, बुधबार हलिउडको ‘आक्वाम्यान २’


1.6K
Shares

यो साता दिन बिराएर तीन फिल्म रिलिज हुँदै, बुधबार हलिउडको ‘आक्वाम्यान २’

काठमाडौं, २ पुस । यो साता दिन बिराएर तीन विदेशी फिल्म नेपालमा रिलिज हुने पक्का भएको छ । बुधबारदेखि सुरु हुने रिलिजको श्रृंखला शुक्रबारसम्म हुनेछ । यसअघि यस्तो दृश्य दशैंमा लियो, गणपत र भष्मे डनमा देखिएको थियो ।

रिलिजको यो प्रवृत्ति बक्स अफिसमा नौलो हो । आउने बुधबार नेपालमा हलिउडको प्रतीक्षित फिल्म ‘आक्वाम्यान २’ रिलिज हुनेछ । बिहीबार शाहरुख खान स्टारर ‘डंकी’ र शुक्रबार प्रभास स्टारर ‘सलार’ प्रदर्शनमा आउनेछन् ।

रोचक कुरा के छ भने यी तीनै फिल्मको वितरक एप्पल इन्टरटेनमेन्ट हो । एप्पलले आफ्ना यी तीन ठूला फिल्मको ओपनिङ प्रभावित नहोस् भन्नका लागि दिन बिराएर रिलिज गर्न लागेको देखिन्छ ।

तीनै फिल्म दर्शकको पर्खाइमा रहेकाले पनि दर्शकलाई दिन बिराएर फिल्म हेर्न अनुकूल हुने देखिन्छ । हलहरुले सोमबार ‘आक्वाम्यान २’ को एड्भान्स टिकट बिक्री पनि थालिसकेका छन् । जेसन मोमोआ स्टारर यो फिल्म थ्रीडी प्रविधिमा नेपालमा प्रदर्शन हुन लागेको हो ।

यसैबीच, आईएनआई, वान सिनेमाजसहितका केही हलले सोमबार बिहानदेखि ‘डंकी’को अग्रिम टिकट बिक्री पनि थालेका छन् । जसअनुसार बिहीबारको पहिलो शो लगभग सोल्डआउट हुने स्थितिमा देखिन्छ । आईएनआईमा बिहान ७ बजेको शोको अकुपेन्सी ६० प्रतिशत नाघिसकेको छ ।

कमाइका हिसाबले आगामी सप्ताहन्त महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology