Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको धार्चे बजार सिसिटिभी क्यामेराको निगरानीमा


2.2K
Shares

गोरखाको धार्चे बजार सिसिटिभी क्यामेराको निगरानीमा

गोरखा, १ पुस । उत्तरी गोरखाको धार्चे गाँउपालिकाको सदरमुकाम माछाखोलालाई सिसिटिभी क्यामेराको निगरानीमा राखिएको छ । धार्चे गाँउपालिका–५ को माछाखोला बजारलाई गएको शुक्रबारदेखी सिसिटिभी क्यामेरा जडान गरी निगरानीमा राखिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

बजारको बिस्तार संगै सुरक्षा चुनौती बढेको र थोरै सृुरक्षाकर्मी बिच बजारलाई सुरक्षित राख्नु पर्ने कारण पालिकाले बजार क्षेत्रको ७ फरक स्थानमा क्यामेरा जडान गरी निगरानी गर्न थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । ‘बजार बिस्तार भए संगै सुरक्षा चुनौती पनि बढ्दै गयो’ उहाँले भने ‘सुरक्षा चुनौतीलाई कम गर्न क्यामेरा जडान गरेका हौ ।’ उहाँका अनुसार आवश्यता अनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लगिने छ ।

पहिलो पटक जडान गरिएको क्यामेराले बसपार्क क्षेत्रमा २, रेसेखोला क्षेत्रमा १, जनजागृती स्कुल तथा सो क्षेत्रमा रहेको बजार समेटने गरी १, पालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेटनेगरी २ र तल्लो बजार क्षेत्रमा १ वटा गरी ७ वटा तथा पालिका भित्रै ४ वटा सहित ११ वटा क्यामेरा जडान गरिएको छ ।

२४ सै घण्टा सञ्चालनमा आउने गरी क्यामेरा जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो । ‘पहिलो पटक जडान गरिएको क्यामेरा दिन रात चल्ने गरी जडान गएिको’ भन्दै अधिकृत सुनारले भन्नुभयो ‘रात दिन चल्नका लागि बिद्युतको समस्या हुने देखिएपछी सोलार राखेका छौ ।’

जडान भएका मध्ये ७ वटा क्यामेराले बजार क्षेत्रको अनुमगन गर्न सहज हुने छ भने बाँकी ४ क्यामेराले भने कार्यालयको आन्तरिक कामको निगरानीका लागी जडान गरिएको अधिकृत सुनारले जानकारी दिनुभयो । ‘बजार बाहेक पनि कार्यालयको आन्तरिक कामको अनुगमन गर्न क्यामेरा जडान गरिएको छ’ उहाँले भन्नुभयो ‘कार्यालय भित्र जडान गरिएको क्यामेराले भने कर्मचारीहरुको सेवा प्रवाह कस्तो रह्यो भनेर हेर्नका लागी भएको जडान गरिएको हो ।’

बजार क्षेत्रमा रातको समयमा पनि सहजै देखिने गरी जडान गरिएका युएनभिका क्यामेराहरु चार एमपीको भएको प्राविधिक सहयोग उपलब्ध गराएको सन टेक्नोलोजी काठमाडौंका सञ्चालक मध्येका एक नारायण भट्टले जानकारी दिनुभयो । क्यामेराको निगरानी भने पालिका भित्रैबाट अध्यक्ष गुरुङ र प्रमुख प्रशासकिय अधिकृत सुनारले गर्ने पनि पालिकाले जानकारी दिएको छ । जडान गरिएकालागी पालिकाले ५ लाख रुपैयाँ खर्च भएको लेखा शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology