Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

धार्चे गाउँपालिकाको रनिङशिल्ड सम्पन्न : प्रतियोगिताको उपाधी प्रभात किरण मा बि लाई


3.4K
Shares

धार्चे गाउँपालिकाको रनिङशिल्ड सम्पन्न : प्रतियोगिताको उपाधी प्रभात किरण मा बि लाई

गोरखा, १ पुस । विगत ३ दिनदेखी धार्चेको माछाखोलामा जारी राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभात किरण माध्यामिक बिद्यालयले हात पारेको छ । ७ स्वर्ण सहित कुल १२ पटक हातपारेर प्रभात किरणले रनिङ शिल्डको उपाधी हात पारेको हो ।

धार्चे गाँउपालिका–५ को माछाखोलामा गएको मंसिर २८ गतेदेखी जारी रहेको प्रतियोगिता ३० गते साँझ सम्पन्न भएको खेलमा बिद्यालयले ७ स्वर्ण, ३ रजत र २ कास्य गरी १२ पदक हात पारेको गाँउपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।

त्यस्तैगरी, उपबिजेता भएको केरौजा Acheter cialis en ligne france

माध्यामिक बिद्यालयले भने ६ स्वर्ण, ४ रजत र ३ कास्य गरी १३ पदक हात पारेको छ । तेस्रो स्थानमा हरेको मणिकाम देवी माध्यामिक बिद्यालयले भने ४ स्वर्ण, ४ रजत र २ कास्य गरी १० पदक हात पारेको शिक्षा शाखाले जानकारी दिएको छ ।

प्रतियोगितामा उपाधाी हात पार्ने प्रभात किरण मालिे शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता बिद्यालयलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका उपप्रमुख सुनिला गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा पालिका भित्रका ९ वटा माध्यामिक बिद्यालयका ३०० जनाभन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको पालिकाले जनाउको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology