Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भीमसेन थापा गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा


2.3K
Shares

भीमसेन थापा गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

गोरखा, २७ मङ्सिर । गोरखाको भीमसेन थापा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुदा शाखाको आयोजना वडा नम्बर ७ स्थित बोर्लाङमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयको समन्व्यमा विहिबारदेखि प्रतियोगिता सुरु हुन लागेको गाउँपालिकाका सामाजिक विकास शाखाका अध्यक्ष समेत रहनु भएका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका विच उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो । प्रतियोगिता मङ्सिर २८, २९ र ३० गतेसम्म तीन दिन सञ्चालन हुनेछ । प्रतियोगितामा पालिका भित्रका माध्यामिक विद्यालयबाट खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तरगत एथ्लेटिक्सका सवै खेलहरु कमलपोखरी खेलकुद मैदानमा हुनेछ भने भलिवल कबड्डी लगायतका खेल विद्यालयको प्राङगढमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा चालु शैक्षिक सत्र २०८० मा पालिकाभित्रका विद्यालयहरुमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु मात्र अन्तरविद्यालय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिता अवधीमा खेलाडी लगायतका अन्य सहभागीको स्वास्थ्यमा समस्या देखिए आकस्मिक प्राथामिक उपचारका लागि दैनिक ४ जना स्वास्थ्यकर्मीहरू परिचालन गर्न लागिएको बोर्लाङ्ग स्वास्थ्य चौकी प्रमुख सचिना शाक्यले जानाकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology