Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

१२ ठेकेदार कम्पनी परे कालोसूचीमा


1.4K
Shares

१२ ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ । त्यस्तै, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ ।

पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढडेढ वर्ष कालोसूचीमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology