Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

ठगी आरोपमा वडा सदस्यसहित चार जना पक्राउ


2.1K
Shares

ठगी आरोपमा वडा सदस्यसहित चार जना पक्राउ

पोखरा, २३ मंसिर । अवैधरूपमा रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना वडा सदस्य पनि छन् ।

पोखरास्थित फेवाताल छेउमा फोटोग्राफी गर्नेहरूबाट अवैधरूपमा रकम लिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–६ का वडासदस्य ४२ वर्षीय दिपेन्द्र पहारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्यमा पोखरा महानगरपालिका–६ लेकसाइड ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अभिषेक बराल रहेका छन् ।

लेकसाइडको फुट ट्रयाकमा फोटो खिचेबापत धम्की दिएर आफूहरूबाट प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँका दरले पैसा उठाएको दाबीसहित १५ जनाले जाहेरी दिएका थिए ।

पक्राउ परेकाहरूमाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology