काठमाडौं, २२ मंसिर । एसिसी यू(१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ । युएईको दुबईमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ । पहिले ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरमा दोस्रो विकेट गुमाएको छ । नेपालका आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परेका छन् । त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच भएका थिए । नेपालले ७।४ ओभरमा २ विकेट गुमाउँदा २५ रन जोडेको छ ।
देव खनाल कप्तान,अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर । यू(१९ स्तरमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म पाँच खेल हुँदा पाकिस्तानले चार खेल र नेपालले एक खेलमा जित निकालेका छन् ।
नेपालले सन् २००२ को यू(१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो । त्यसयता खेलिएका चार खेलमा भने पाकिस्तानले लगातार जित निकालेको छ । समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलंका छन् । यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ ।
नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ । समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ ।
नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू(१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो । नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो ।