Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा एक महिलाको शब फेला : पहिचान गर्न कठिन


6.7K
Shares

गोरखामा एक महिलाको शब फेला : पहिचान गर्न कठिन

गोरखा, २१ मंसिर । गोरखामा एक महिलाको शब फेला परेको छ । बिहिवार जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर – ६ कुमालटारी स्थित गोरेको बाटोको नजिकै अन्दाजी २५ वर्षकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृतक महिलाको शब पहिचान नखुलेको प्रहरीको भनाई छ । गोरेटो बाटोमा फेला परेको शब रातो रंगको ब्लाङ्कोटले बेरेको अबस्थामा फेला परेको छ ।

मंगोलीयन जस्तो देखीने महिलाको उचाई ४.५ फिट अग्लो माथी सेतो रङ्गको टप्स र खैरोमा सेता धर्का भएको रंङको ट्रयाक, गुलाबी रंगको स्पोर्टस जुत्ता लगाएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव पहिचाहनको लागि प्रहरीले प्रयास गरीरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology