गोरखा २१ मङ्सिर । गोरखा आँखा सेवा केन्द्रले मोतियाविन्दु भएका तेतिस जनाको शल्याक्रिया सम्पन्न गरेको छ । यहीँ मङ्सिर १९, २० र ३१ गतेगरी तिन दिनसम्म सञ्चालन गरेको मोतियाविन्दुको शल्यक्रिया शिविरमा विरामीहरुको मोतियाविन्दुको शल्यक्रिया गरेको केन्द्रले जनाएको छ । उक्त शिविरमा गोरखा नगरपालिकाका ११ जना, बारपाक सुलीकोट गाउँपालिकाका ६ जना, भिमसेनथापा गाउँपालिका र सहिद लखन गाउँपालिकाका ४/४ जना लाभाव्दित भएको छ्न ।
त्यस्तै शल्यक्रिया शिविरबाट अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका २/२ जना, आरुघाट गाउँपालिकाका तथा तनहुँको भानु नगरपालिका १/१ जना विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको केन्द्रका प्रशासकिय अधिकृत विश्वप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उपचार सेवा लिएका मध्ये २२ जना महिला र ११ जना पुरुष रहेको उहाँले बताउनुभयो । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा र नियमित रुपमा समुदायमा गएर आँखा जाच गरिरहेको र सो जाँच क्रममा मातिबिन्दुको शल्यक्रिया गर्न पर्ने भएमा केन्द्रमा पठाउने गरेको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले बिधालयमा, समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको कुरा जानकारी गराउनु भएको थियो, सो अवसरमा बिरामीहरु मार्फत आफ्ना परिवारका सदस्य तथा छिमेकीहरुलाइ नियमति आँखा जाच गर्नको लागी सेवा केन्द्र जान अनुरोध गरिएको थियो ।