गोरखा, २१ मङ्सिर । भरोसा महिला समुहले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा विहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुको हक अधिकार, क्षमता अभिबृद्धि तथा सचेतनाको क्षेत्रमा काम गर्दै आएको समुहले जिल्ला समन्वय समितिको सभाहलमा ‘‘लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको औचित्य र हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, कार्यक्रमको उद्देस्य र भूमिका लगायतका बिषयमा कार्यपत्र पेश गर्नुभएको थियो । कार्यपत्र माथि अधिबक्ता यादव शर्माले टिप्पणी गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले महिलाहरुले संविधानमा अधिकार प्राप्त गरेको भएपनि व्यवहारमा संविधान प्रदत्त अधिकारको उपयोग गर्न पाउने अवस्थामा अझैपनि नरहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले घरेलु हिँसाको घटनामा पिडित ब्यक्तीले बाहिर ल्याउन नचाहाने गरेकाले पनि समस्या हुने गरेको बताउनुभयो । उहाँले पिडामा परेकालाइ हौसला दिने काम समुदाय स्तरबाट समेतबाट हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारले लैङ्गिक हिंसाका घटनामा पुरुषले महिला माथि गर्ने हिंसा अधिक रहेको भन्दै स्थानीय सरकारहरुले महिलाहरुको क्षमता विकास र सशक्तिकरणमा लाग्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रम गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले महिलाहरूलाई आर्थिक रुपमा बनाउन सके लैङ्गिक हिँसा न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । समाजमा हुने बर्गिय विभेद सवैखालका विभेदको प्रमुख कारण रहेको भन्दै उहाँले बर्गिय बिभेदको अन्त्य गर्नसके लैङ्गिक हिंसाका घटना पनि कम हुने बताउनुभयो ।
नगरप्रमुख रानामगरले नेपालमा पितृसत्तात्मक संरचनाको कारणले पनि महिला माथिको हिंसाको घटना हुने गरेको बताउनुभयो । उहाँले गोरखा नगरपालिका समाजमा हुने नकारात्मक कार्यको अन्त्यका लागि सवैसंग सहकार्य र हातेमालो गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय भूमि आयोग गोरखाकी अध्यक्ष कमला नहर्कीले भरोसा महिला समुहले महिला पक्षमा गर्दै आएको कार्यको प्रंससा गर्नुभयो ।
त्यस्तै गोरखा नगरपालिका वडा नम्बर १३ की वडाध्यक्ष नेतृत्वले महिलालाई हेर्ने दृस्ठिकोणलाई नै परिवर्तन गर्नु पर्नेमा जोडमा दिनुभयो । उहाँले महिला वडाअध्यक्ष हुँदा महिलाहरुलाई खुलेर कुरा राख्न सजिलो हुने भन्दै नेतृत्वमा महिलाहरुलाई पु¥याउनु पर्ने बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय गोरखाकी महिला सेलकी प्रमुख अस्मिता थापा मगरले घरेलु हिंसाका पिडित महिलाहरुले वडामा उजुरी दिन नचाहाने गरेको बताउनुभयो ।
उहाँले वडा भित्र उजुरी हुँदा पिडित महिलाले न्याय पाउछु भन्ने अनुभूति नहुँदा महिला सेलमा नै पिडित महिलाहरु आउने गरेको उल्लेख गर्नुभयो । थापामगरले चालु आर्थिक बर्षको पहिलो चौामासिक अवधीमा यो बर्ष अहिलेसम्म ८ वटा मात्र महिला हिंसाको सेलमा परेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखाका कार्यपालिका सदस्य पम्फा गान्धारीले संविधान र कानुनले दिएको अधिकार प्राप्तीका लागि महिला लड्नु पर्ने अवस्थामा रहेको भन्दै यो अभियान सवै महिलाहरुको साँझा अभियान भएको बताउनुभयो ।
समुहकी अध्यक्ष सावित्री थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिका भित्रका बिभिन्न वडाका महिला जनप्रतिनिधिहरु, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।