Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

निषेधित क्षेत्रमा ड्रोन : मुस्ताङ प्रहरीको टाउको दुखाई, घासामा राखियो सूचना बोर्ड


3K
Shares

निषेधित क्षेत्रमा ड्रोन : मुस्ताङ प्रहरीको टाउको दुखाई, घासामा राखियो सूचना बोर्ड

पोखरा, २१ मंसिर । पछिल्लो समय बिना अनुमति मुस्ताङमा ड्रोन उडाउने बढेका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरीको आँखा छलेर ड्रोन उडाइरहेका छन् ।

आन्तरिक र बाह्य दुवै पर्यटकले अनुमति विना ड्रोन लगेपछि प्रहरीले कडाइ गर्न थालेको छ । ड्रोन र सञ्चार सेट लिई मुस्ताङ जिल्लाको निषेधित क्षेत्रमा जानेहरू बढेपछि सुरक्षाका लागि घासामा सूचना बोर्ड राखिएको छ ।

मुस्ताङ प्रवेश नाका घासामा पर्यटकहरुको सुविधाका लागि उक्त बोर्ड राखिएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण आयोजनाले सूचना बोर्ड राखेको प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । उत्तरी मुस्ताङको नाका छुसाङमा पनि थप बोर्ड राखिने उहाँले सुनाउनुभयो ।

पछिल्लो साउन यता अनुमति नलिई मुस्ताङ लगिएका २८ वटा विभिन्न प्रकारका ह्याण्ड सेटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । साउन यता नै सम्बन्धित निकायको अनुमति नलिई निषेधित क्षेत्रमा उडाइएका दुईवटा ड्रोन नियन्त्रणमा लिएर कारवाहीका लागि नागरिक उड्ययन कार्यालय जोमसोममा राखिएको उहाँले जानकारी दिनुभयो  । सूचनाको पनि अटेर गरे कडा कारबाही गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology