Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका एक पुरुष गैडा मारेर खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ


5.3K
Shares

गोरखाका एक पुरुष गैडा मारेर खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ

गोरखा, १५ मंसिर । गोरखाका एक पुरुष खाल्डोमा पारेर गैडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका छन् । निकुञ्ज कार्यालयले हिजो सार्वजनिक गरेका मघ्ये गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका–२ बारपाक घर भई हाल भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ भएको जानकारी दिएको छ ।

खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका ८ जनालाई बिहीबार चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेको थियो । गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन २ वटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित ८ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती–९ बाट पक्राउ परेका हुन् । त्यसैगरी, पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी–६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ–९, मुल घरभइ हेटौंडा–४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने योजनाकार भएको बताएको छ । उनीहरू पनि ९ गते नै राप्ती–६ बाट समातिएका हुन् ।

गैंडाको खाग पनि राप्ती–६ मा नै फेला परेको सहायक संरक्षण अधिकृत तथा निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताए । निकुञ्जले राप्ती–११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका–६ फागम घर भइ मकवानपुर हेटौंडा–५ बस्ने २८ वर्षका अर्जुन रोका, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तमाङ रहेका छन् ।

उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू ९ गते समातिएका हुन् । उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ७ दिनको म्याद लिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । उनीहरूलाई अनुसन्धान गरि मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology