Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मोटरसाईकल दुर्घटनामा आमाछोरीको मृत्यु


4.7K
Shares

मोटरसाईकल दुर्घटनामा आमाछोरीको मृत्यु

काठमाण्डौ १४ मङ्सिर । मोटरसाईकल दुर्घटनामा आज दिउँसो आमाछोरीको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको प्रवक्ता भण्डारीले बताउनुभयो । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते हुनुभएको छ । स्याङ्तानको टाउकोमा चोट लागेको छ भने उहाँको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।

मृत्यु भएकी रुपा मोटरसाइकल चालक स्याङ्तानकी श्रीमती हुन् भने ४ महिने शिशु उहााहरूको छोरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology