Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

माओवादी र सुरक्षाकर्मी भिडन्त : १७ सुरक्षाकर्मीको शव बरामद


4.9K
Shares

माओवादी र सुरक्षाकर्मी भिडन्त : १७ सुरक्षाकर्मीको शव बरामद

एजेन्सी । भारतको छत्तीसगढ राज्यमा रहेको सुकमामा नक्सलवादी भनिने माओवादी लडाकू र सुरक्षाकर्मीहरू बिच भिषण भिडन्त भएको छ । भिडन्तमा परि मारिएका मध्ये १७ जना सुरक्षाकर्मीको शव बरामद गरिएको छ । त्यत्तिकै संख्यामा सुरक्षाकर्मीहरू घाइते भएका छन् । शनिवार अपराह्न पौने ३ बजेतिर भिडन्त भएको थियो ।

भिडन्त चिन्तागुफा क्षेत्रको कोर्जागुदा डाँडामा भएको हो । अधिकारीहरूले डीआरजी, कोब्रा र एसटीइएफको एक संयुक्त टोलीले चिन्तागुफा, बुर्कापाल र टिमेलेआदामा नक्सलहरूको उपस्थितिको खबर पाएर कारवाही चलाएको थियो । नक्सलहरूले डीआरजीमाथि गोली चलाएका थिए । स्रोतहरूका अनुसार, ६०० सैनिकहरूको संयुक्त टोली मिन्नाप्पा जंगलहरूमा शनिवार बिहानै खटाइएको थियो ।

उक्त टोलीमाथि आक्रमण गरिएको थियो तर उनीहरूले सफलतापूर्वक प्रत्याक्रमण गरे । ‘तर उनीहरू क्याम्प फर्किंदै गर्दा भयंकर एम्बुसमा परे,’ स्रोतले बतायो । बस्तरका शीर्ष नक्सलवादी नेताहरू यस कारवाहीमा हताहत भएको अधिकारीहरूको विश्वास छ ।

भिडन्तको खबरपछि सीआरपीएफको एक जत्थालाई उद्धार तथा सहायताका लागि पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology