Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको चम्पावली हाईड्रोपावरको मोटर चारी घटना  : चोरी गर्ने अर्का ब्यक्ति पक्राउ


1.7K
Shares

गोरखाको चम्पावली हाईड्रोपावरको मोटर चारी घटना  : चोरी गर्ने अर्का ब्यक्ति पक्राउ

गोरखा, १२ मंसिर । गोरखाको सिरानचोक गाउँपालिका–१ को केरावारी क्षेत्रमा रहेको चम्पावती हाईड्रोपावरको मोटर चोरी काण्डमा अर्का १ जना पुरुषलाई समेत गोरखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–१ का ५२ बर्षिय झाक्री कान्छा भनेर चिनिने ललिराम सार्कीलाई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई प्रहरीले मंसिर १० गते पक्राउ गरेको हो ।

सार्कीलाई गोरखा प्रहरीले कार्तिक १० गते आइतबार पक्राउ गरेको गोरखा प्रहरीले जनाएको छ । असोज २० गते राती १० बजेको समयमा हाईड्रोपावर २ थान मोटर चोरी भएको आरोपमा यस अघि दाङ घर भएका पृथबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेर चोरी मुद्वा दर्ता गराई सकेको प्रनाउ श्रेष्ठले जानाकारी दिनुभयो ।

घर्तीलाई प्रहरीले कार्तिक २८ गते पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ललिरामको पनि संलग्नता देखिए पछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको ललिरामलाई पनि चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट मंसिर ११ गते अनुसन्धानका लागि म्याद थप गरेको जनाएको छ ।

पक्राउ परेका ललिरामलाई र पृथबहादुर दुवैलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology