Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सामाजिक कार्यका लागि संस्था स्थापानार्थ बारपाक सुलिकोटका युवाहरुको भेला


2.3K
Shares

सामाजिक कार्यका लागि संस्था स्थापानार्थ बारपाक सुलिकोटका युवाहरुको भेला

गोरखा, ९ मंसिर । गोरखाबाट विभिन्न कामका सिलसिलामा राजधानी तथा विदेशमा बस्दै आएका बारपाक सुलिकोट गाउँपालिकाका युवाहरु आज राजधानीमा भेला भएका छन् । सामाजिक काम गर्ने संस्था स्थापनार्थ युवाहरुको भेला गरिएको अभियान्ता सञ्जिप अंगाईले जानकारी दिनुभयो ।

राजधानीको नयाँबजारमा रहेको सगुन क्याफेमा शनिबार बिहान युवाहरु भेलाभइ पालिकाभित्र सामाजिक काम गर्ने गरी एक संस्था स्थापना गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

भेलाले अंगाईको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा विजय अंगाई, दिपक बस्ताकोटी, सागर बराम, पूर्णबहादुर गुरुङ, विवश परियार, मदन नगरकोटी, ईश्वर ढकाल र गणेश परियार चयन भएका छन् ।

समितिले केही दिनभित्रै पूर्ण भेला गर्ने गरी संस्थानको नाम चयन गर्नेदेखी बिधान तयार गर्ने जिम्मा पाएको संयोजक तथा अभियान्ता अंगाईले जानकारी दिनुभयो ।

सोही बैठकले विदेशमा रहेका युवाहरुलाई पनि रोजगारीको र्सिजना गर्दै स्वदेश फर्कन प्रोत्साहित गर्ने गरी संस्थाले कार्यक्रम ल्याउने पनि निर्णय गरेको संयोजक अंगाईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology