Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत


1.1K
Shares

उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं ,७ मंसिर । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको थियो । उहाँले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिनुभएको थियो । उहाँले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४।४६५ मिलियन करिब ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री शर्माले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology