Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बारपाक सुलिकोट र गजुरी गाउँपालिका बिच असल अभ्यास आदानप्रदानका लागि छलफल


1.8K
Shares

बारपाक सुलिकोट र गजुरी गाउँपालिका बिच असल अभ्यास आदानप्रदानका लागि छलफल

गोरखा, ५ मंसिर । गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष लगायतका प्रतिनिधिहरु बिच भेटघाट तथा अन्तरक्रिया भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको कार्यालयमा दुवै पालिका बिच छलफल भएको हो ।

भेटघाट तथा अन्तरक्रियामा आ–आफ्ना पालिकामा भएका असल अभ्यासको आदानप्रदान गर्ने लगायतका बिषयमा कुराकानी भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माणको चरणमा रहेको गजुरी गाउँपालिकाले बारपाक सुलिकोट गाउँपालिकाको प्रसासकिय भवनको स्टमेट डिजाईन लगायतका बिषयमा समेत छलफल भएको थियो ।

‘‘उहाँहरुले पालिकाको प्रमुख प्रशासयिक भवन निर्माणको चरणमा हनुहुँदो रहेछ, सोही क्रममा बारपाक सुलिकोट गाउँपालिका इन्टेरियर डिजाईन र स्टक्चरको समेत अवलोकन र अध्ययन गरेर फर्कनुभयो, अध्यक्ष भट्टले भन्नुभयो, ‘‘दुई पालिकाका प्रतिनिधिहरु बिचको भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रह्यो ।’’टोलीले बारपाक सुुलिकोट गाउँपालिका–८ मा रहेको सहिद दिलबहादुर रम्तेल स्मृती पार्क तथा सङग्राहलयको समेत अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका तर्फबाट अध्यक्ष भट्ट, प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय लगायतको सहभागी रहनुभएको थियो भने गजुरी गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ नेतृत्वको टोली सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology