Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चिकित्सक नहुँदा तीन दिनसम्म पनि शव पोष्टमार्टम हुन सकेन


5.5K
Shares

चिकित्सक नहुँदा तीन दिनसम्म पनि शव पोष्टमार्टम हुन सकेन

बाजुराको हिमाली गाउँपालिका ७ बाधुको कालापहडा भिरबाट खसेर भएको दुर्घटनाका मृतकको शव तीनदिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । गत १७ गते कालापहडा भिर बाट कर्णाली नदिमा जिप खस्दा ४ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका थिए ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा शवको पोष्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल बाजुराबाट डाक्टर राजुराज जोशीको टोली पोष्र्टमाटमका लागि हिजो बिहानै हिडेको थियो तर भारी हिमपातका कारण बाटोमै रोकियो । तीन दिनसम्म पनि पोष्टमार्टम हुन नसकेको शव कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अलपत्र छ । आफन्तले दासँस्कार समेत गर्न पाएका छैनन् ।

सदरमुकाम मार्तडीबाट कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुग्न एक दिन लाग्छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र दुई महिनादेखि चिकित्सक बिहिन छ । सुदूरका नागरिकले बाचुन्जेल त भनेजस्तो उपचार पाउँदैनन् नै मृत्यु पछि पनि समयमै शव पोष्टमार्टम हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology