Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा निर्माणाधिन हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा एक पुरुष पक्राउ


1.8K
Shares

गोरखामा निर्माणाधिन हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा एक पुरुष पक्राउ

गोरखा, ३ मंसिर । गोरखाको केराबारीमा निर्माणाधिन हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा लमजुङका १ जना पुरुषलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका–५ बस्ने ४० बर्षिय पृथबहादुर घर्तीलाई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्ष एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घर्तीले असोज २० गते शनिबारका दिन राती १० बजेको समयमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा निर्माणाधिन चम्पावती हाईड्रोपावरको क्रसरमा जडान गरेको २ थान मोटर चोरी गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी भएको भनिएको मोटर घर्तीले गोरखाको सिरानचोक गाउँपालिका–१ मा रहेको घरको खाली धन्सारमा लुकाइ राखेको अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।

घर्तीलाई गोरखा प्रहरीले कार्तिक २८ गते मंगलबार पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका घर्तीलाई चोरी कसूर शिर्षक अन्तरर्गत मुद्वा दर्ता गराई गोरखा अदालतबाट कार्तिक १ गते शुक्रबार अनुसन्धानका लागी म्याद थप राएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । प्रहरीले घर्तीलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology