कैलाली : अत्तरिया कैलालीको गोदावरीमा विस्फोटका पदार्थ बिस्पोट हुदा १ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको बिस्फोटमा स्थानिय नर बहादुर बिकको मृत्यु भएको हो ।
बिकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पड्किएर मृत्यु भएको स्थानियले बताएका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको बारेमा थप जानकारीका लागि प्रहरी परीचालन गरिएको जनाइएको छ ।
घटनास्थलमा प्रहरी पुग्न बाँकी नै रहेको जनाइएको छ ।