गोरखा २१ कात्तिक । गोरखा प्रहरीले बैकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । धादिङ सिद्धलेख गाउँपालिका ७ घर भई हाल जिल्ला गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारी बस्ने बर्ष ३१ को दिपेश मगरलाई प्रहरीले बैकिङ कसुर मुद्दामा पक्राउ गरेको हो ।
पक्राउ परेका मगरले सापटी वापतको २१ लाख २०, हजार रुपैया रकम नभएको आफ्नो नाममा खाता भएको मेघा बैंक लिमिटेड गोरखा शाखाको चेक काटी दिएका थिए । उक्त चेक सटहीको लागि जाँदा खातामा पर्याप्त रकम नभएको भनि चेक अनादर भई फिर्ता भएपछि मगरलाई कारवाही गरी चेकमा उल्लेखित रकम समेत भरपाई गर्ने गरी धादिङ गजुरी गाउँपालिका २ बस्ने बर्ष ३८ की बसन्ता कंडेलले मुद्दा दर्ता गर्नुभएको थियो ।
उक्त उजुरी पछि खोजी गर्ने क्रममा मगरलाई सोमवार गोरखा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगर बिरुद्धलाई हिरासतमा राखेर बैकिङ कसुर शिर्षकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।