Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ ः सभामुख धिताल


1.7K
Shares

स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ ः सभामुख धिताल

गोरखा, २० कात्तिक । ‘सके सम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सही सूचना लिएर, सीप सिकेर जाऔँ’ भन्ने मूल उद्देश्य लिएको सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत गोरखा जिल्लाको बैठक बारपाक सुलिकोट गाउँपालिका बारपाकमा सम्पन्न भएको छ । कार्यक्रम गोरखा जिल्लाका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले स्वदेशमै रोजगारी सृजना गर्न सरकार लाग्नु पर्ने बताउनुभयो । सरकारको मुख्य उद्देश्य वैदेशिक रोजगार होइन, नेपालमै रोजगार दिन सक्ने वातावरण बनाउन पर्छ, यदि वैदेशिक रोजगारीमा जानै परे पनि सरकारले त्यसको भरपर्दो, सुरक्षित देशसङ्ग सहकार्य गर्नु उहाँले बताउनुभयो ।

भर्खरै इजरायलमा भएको घटनाको स्मरण गर्दै कतिपय अवस्थामा सिक्ने, पढ्ने जानेहरुको लागी पनि सरकारले बिचार गर्नुपर्ने बताउनुभयो । सामी जस्ता संस्थाहरूले रोजगारीका सिलसिलामा विदेश गएकाहरू, जान चाहेकाहरूलाई परामर्श लगायतको काम गरेकाले सामीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सामीको तर्फबाट गोरखाको वर्तमान वैदेशिक रोजगारको अवस्था,


intervento all'apparato gastrointestinale

Intervento Gastroenterologico

Testo aggiuntivo sull’intervento gastrointestinale.

गोरखामा गरिएका कार्यक्रम र भावी योजनाको बारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology