Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बारपाकमा जनप्रतिनिधि र कर्मचारीहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु


2.7K
Shares

बारपाकमा जनप्रतिनिधि र कर्मचारीहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु

गोरखा २० कात्तिक । बारपाक सुलिकोट गाउँपालिका गोरखाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि अभिमुखीकरण कार्यक्रम बारपाकमा सुरु भएको छ । कार्तिक २० देखी २२ गते सम्म सञ्चालन हुने कार्यक्रमको गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले उद्घाटन गर्नुभयो । आफ्नो उद्घाटन मन्तव्य राख्नु हुँर्दै सभामुख धितालले जनप्रतिनिधिहरू जबाफदेही हुनुपर्ने बताउँदै कर्मचारी र जनप्रतिनिधिको सुमधुर सम्बन्धबाट नै विकास सम्भव हुने बताउनुभयो ।

स्थानीय सरकारले जनताका समस्या र चाहनालाई राम्रोसँग बुझ्न सक्ने भएकाले यो सरकार जनताको सरकार भएको अनुभूति हुने गरेको उहाँले बताउनुभयो । कतिपय जनप्रतिनिधिहरूमा आफ्नो जिम्मेवारी, काम, कर्तव्य र अधिकारको बारेमा धेरै ज्ञान नहुँदा काममा समस्या हुने गरेकाले यस प्रकारका तालिम र कार्यक्रमले समस्याको हल गर्ने उपाय दिन सक्ने उहाँले बताउनुभयो ।

स्थानीय निकायहरूले पनि कर्मचारीलाई दक्ष बनाउन विभिन्न तालिम, गोष्ठी, भ्रमण लगायतका कार्यक्रम बनाउनुपर्ने बताउँदै धिताल भन्नुहुन्छ, सङ्घीयताको कार्यान्वयन गर्न पनि जनप्रतिनिधि र कर्मचारीको भूमिका ठुलो हुने भएकाले विकास निर्माणका काम मात्र होइन जनताका दैनिक जनजीवन सहज बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोइरालाले स्थानीय निकायलाई थप प्रभावकारी बनाउन, जनताका काम सहज रूपमा सम्पन्न गर्न र जनप्रतिनिधि र कर्मचारीका काम, कर्तव्य र अधिकारबारे प्रस्ट पार्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमबाट सिकेका सीप र ज्ञानलाई आफ्नो तहमा लागु गरी जनतामा सुशासन र विकासको प्रत्याभूति गराउन सबैलाई आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले यो कार्यक्रम पश्चात् पालिकामा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरूलाई सहज हुने विश्वास गर्नभयो । कतिपय दोहोरिएका जनप्रतिनिधिहरू पनि छन्, कोही नयाँ छन् त्यस कारण यो अभिमुखीकरणले समग्र हाम्रो व्यवस्था, अधिकारका साथै जिम्मेवारीका कुराहरूलाई बुझाउने भएकोले सिकेर आफ्नो वडा तथा तहमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले गर्नुहुने र नहुने कामहरूको बारे सचेत भएर काम गर्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रम बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा बारपाक गाउँमा यही कार्तिक २२ गते सम्म चल्ने छ ।

कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका भित्रका सम्पूर्ण गाउँ सभा सदस्यहरू, कर्मचारीहरू सहभागी छन् । उनीहरूलाई हरिकृष्ण कोइराला, तुलसीराम आचार्य, टापेन्द्र लरिजा, सन्तलाल श्रेष्ठ, बुद्धिप्रसाद घिमिरेले प्रशिक्षण दिनुहुने प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology