Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने


1.3K
Shares

प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने

काठमाडौं,१९ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।

आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । निर्णयमा अगाडि भनिएको छ, ‘पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।’

शनिबार मध्यराती जाजरकाट र रुकुम पश्चिममा गएको ६।४ म्याग्निच्युडको भूकम्प ठूलो मात्रामा घरहरु भत्किएका छन् । पुनःनिर्माण बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने पनि सरकारको निर्णय छ ।

साथै, सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने पनि सरकारको निर्णय छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology