Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

लुदीँ दामगाडे सामुदायिक बनको ३० औं साधारणसभा सम्पन्न


1.7K
Shares

लुदीँ दामगाडे सामुदायिक बनको ३० औं साधारणसभा सम्पन्न

गोरखा,१९ कार्तिक । लुदी दामगाढे सामुदायिक बनउपभोक्ता समितिको ३० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नम्बर मा भएको साधारणसभाका सामुदायिक बन उपभोक्ता समितिका सचिव गीता खत्रीले सामुदायिक बन मार्फत एक बर्षभित्र भए गरेका कार्य प्रगती विवरण सभामा पेश गर्नुभएको थियो ।

कोषाध्यक्ष के.सीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाको गत आर्थिक बर्षमा संस्थाको


Image médicale pour illustrer un article sur la santé

Médical

Texte additionnel sur le thème de la médecine

कुल आम्दानी ५ लाख २१ हजार ९ सय ९८ रुपैया र खर्च ४ लाख ८७ हजार ६५ रुपैया रहेको उल्लेख छ ।

त्यस्तै समितिका कोषाध्यक्ष भगिरथ केसीले समितिको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुवै प्रतिवेदन सभाबाट सर्वसम्मत पारिएको भएको संस्थाले जनाएको छ ।

गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष ऋषिराम खत्री, डिभिजन बन कार्यालय गोरखाका प्रमुख कोमलनाथ काफ्ले, सवडिभिजन बन कार्यालयका प्रमुख बिनोद गायक, वडासदस्यहरु लगायतको आथित्यता रहेको थियो । साधारणसभा संस्थाका अध्यक्ष हरिभक्त कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology