काठमाडौं,१५ कात्तिक । एक जना विद्यार्थी कलेजको छतबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् । वीरगन्ज पब्लिक कलेज वीपीसीमा कक्षा १२ मा अध्ययरत विद्यार्थीले बुधबार बिहान साढे ६ बजे हाम फालेको कलेजको सीसीटीभीमा कैद भएको कलेजले जनाएको छ । क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार सीसीटीभीको भिडियोमा विद्यार्थीले क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेको देखिएको छ ।
स्थानीयबासिन्दाले क्याम्पस भवनको पछाडि रहेको खाली जग्गामा विद्यार्थी लडेको अवस्थामा रहेको भन्दै क्याम्पसलाई खबर गरेका थिए । हाल विद्यार्थीको वीरगन्जस्थित नेपाल मेडिसीटी बयोधा अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रमुख तुलाधरले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख तथा परिवारलाई डाक्टरले विद्यार्थीको शरीरको धेरै ठाउँमा फ्र्याक्चर भए पनि खतरामुक्त रहेको जानकारी दिएको बताउनुभयो ।