Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

उत्तरी गोरखाबाट लेक लागेर बिरामी परेका दुई बिदेशी पर्यटकको उद्धार


1.7K
Shares

उत्तरी गोरखाबाट लेक लागेर बिरामी परेका दुई बिदेशी पर्यटकको उद्धार

गोरखा, १३ कार्तिक । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका २ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेत स्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको आज सोमबार उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

लेक लागेर बिरामी पर्नेहरुमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार बिहान ७ बजे अल्टिच्यूड एयरको हेलिकप्टर मार्फत दुवै जनालाइ राजधानीको रिद्वी ईन्टरनेशन हस्पिटल लगिएको हो ।

दुवै जना पर्यटकको आइतबार नै उद्धार गर्ने प्रयास गरिएको भएता पनि आवश्यक कानूनी प्रक्रिया पुरा गर्दा ढिलाई भएकोले सोमबार मात्र उनीहरुको उद्वार भएको हो । उद्वार गरिएका दुवै जनाको अहिले स्वास्थ्य अवस्था राम्रो भएको रिद्वी ईन्टरनेशन हस्पिटल काठमाडौंले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology