Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको चुमनुब्री गाउँपालिकामा लेक लागेर बिरामी परेका बिदेशी पर्यटकको उद्धारमा समस्या


1.5K
Shares

गोरखाको चुमनुब्री गाउँपालिकामा लेक लागेर बिरामी परेका बिदेशी पर्यटकको उद्धारमा समस्या

गोरखा, १३ कात्तिक । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेत स्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

लेक लागेर बिरामी पर्नेहरुमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनिहरुको उद्धारका लागि आवश्यक सवै प्रक्रिया पुरा भएपनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाई भएको उहाँले बताउनुभयो ।

बिरामीहरुको उद्धारका लागि आइतवार प्रयास गरिएको भएपनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृहमन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भएपनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो ।

मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीहरुको उद्धार गर्ने अनुमति दिएको उहाँको भनाई छ । मौसममा सुधार आए आज दुवैजनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology