Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राष्ट्रसंघ महासचिवलाई द्वन्द्व पीडितहरूको ध्यानाकर्षण


1.2K
Shares

राष्ट्रसंघ महासचिवलाई द्वन्द्व पीडितहरूको ध्यानाकर्षण

काठमाडौं,१२ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका छन् ।

गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिएको हो ।

संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरुको अपिल छ ।

कुनै पनि बहानाबाजी गरेर न्याय प्राप्तिमा ढिलाइ नगर्न उनीहरुले ध्यानाकर्षण गराएका छन् । राष्ट्रसंघ आवासीय प्रतिनिधि हानाले पीडितहरुको मागमा राष्ट्रसंघको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताएकी छन् ।

उनलाई उद्धृत गर्दै गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालका संयोजक राम भण्डारीले माग सम्बोधनका लागि पहलमा सकेसम्म चाँडो प्रयासहरु गर्ने आश्वासन पाएको बताए । भण्डारीले भने, ‘हामीले अन्य कुराबाट प्रभावित भएर होइन, नेपालको संविधान कानुन बमोजिम संसदबाट यो प्रक्रिया अघि बढ्नुपर्छ भनेका छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology