एजेन्सी,११ कार्तिक । विश्व स्वास्थ्य संगठनले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको आतंककारी हमलामा परी गाजा क्षेत्रमा ७ हजार २८ जनाको मृत्यु भएको जनाएको छ ।
मारिएकामध्ये ४० प्रतिशत बालबालिका रहेको संगठनले दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनले गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा यस्तो टिप्पणी गरेको जनाइएको छ ।
जारी संघर्षमा अहिलेसम्म झण्डै १९ हजार घाइते भएका छन् । घाइतेमा पनि बालबालिकाको सङ्ख्या धेरै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले जनाए अनुसार गाजामा करिब एक हजार जनालाई डायलासिस आवश्यक छ। अस्पतालका सेवा जारी राख्न त्यहाँ इन्धनको समस्या भइरहेको बताइएको छ ।