Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख


1.6K
Shares

अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, ११ कार्तिक । घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अहिले उहाँलाई पोखराको मणिपाल मेडिकल कलेजको इमर्जेन्सीबाट आइसीयूमा राखेर उपचार भैरहेको छ । कलेजका मेसु डाक्टर अभिषेक मास्केका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार भएको र बोलाउँदा सुनेर प्रतिक्रिया दिन थालेका छन् ।

घिमिरेका छोरी र ज्वाइँसमेत चिकित्सक रहेकाले अस्पताल एवं उपचारमा सलग्न विशेषज्ञ चिकित्सकसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । उहाँ निकट अभिनेता अनुप बरालले पनि शुक्रबार साँझसम्म घिमिरेको स्वास्थ्यमा सुधार देखिएको बताउनुभयो ।

साँझदेखि होस आएको र रक्तचाप पनि स्थिर रहेको उनको भनाई छ । उनका अनुसार घिमिरेको टाउको, छाती र मेरुदण्डमा चोट छ । डाक्टरसँग दोहोरो कुराकानी भएको र अवस्था सुधारोन्मुख रहेको उहाँले बताउनुभयो ।

शुक्रबार बिहान पोखरा(३ नदीपुरको भीरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् । थप उपचारका लागि शुक्रबार नै काठमाडौँ लैजाने तयारी गरिए पनि रक्तचाप लगायतको कारणले नसकिएको जनाइएको छ ।

कलात्मकरुपमा निकै रुचाइएका नेपाली फिल्ममा अभिनय गरेका घिमिरे पोखरा नदीपुरका स्थायी बासिन्दा समेत हुन् । उनको अभिनय रहेको ‘पशुपतिप्रसाद २ स् भष्मे डन’ अहिले हलमा चलिरहेको छ । उनले स्थानीय कन्या माबिमा ३७ वर्ष शिक्षण पेशा समेत गर्नुभयो ।

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरेका अभिनेता घिमिरे पोखरा प्रतिविम्ब नाट्य समूहमा आबद्ध छन् । उनले लगभग ३७ वटा नाटकमा अभिनय गरिसकेका छन् । नवीन सुब्बाद्वारा निर्देशित टिभी सिरिज ‘दलन’ उहाँको चर्चिन श्रृंखला हो ।

टलकजंग भर्सेस टुल्के, छ माया छपक्कै, साइँली, फन्को, जात्रा, जात्रैजात्रा, पशुपतिप्रसाद, पञ्चेबाजा, घामपानी र पानीफोटो लगायत चलचित्रमा अभिनय गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology