Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मादाक पदार्थ सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका प्रहरी प्रमुख निलम्बनमा


1.5K
Shares

मादाक पदार्थ सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका प्रहरी प्रमुख निलम्बनमा

काठमाडौं, ११ कार्तिक । महिलामाथि दुर्व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख निलम्बनमा परेका छन् । मादक पदार्थ सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि हुम्ला प्रहरी प्रमुख एवं डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन् ।

यसबीचमा उनीविरुद्धमा परेको उजुरीबारे छानबिन तथा अनुसन्धान हुनेछ। डिएसपी भट्टराईको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक रविन्द्र खनाललाई पठाइएको डिआइजी कडायतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology