Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त


1.1K
Shares

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

काठमाडौ, ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् । यसअघि उहाँ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

उहाँ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology