Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

तीन महिनादेखि अबरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन


1.1K
Shares

तीन महिनादेखि अबरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिक । बर्खाका कारण झण्डै तीन महिनादेखि अबरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अबरुद्ध भएको सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।

जिल्लाको पर्यटकिय गन्तव्यको रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अबरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सातआठ दिनसम्म लगातार ठूला जेसिवीको सहायताले पहिरो हटाएपछि अबरुद्ध सडक सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

कार्यालयले सडक निर्माणको ठेक्का लिएको शर्मा÷विक्वी जेभीलाई सडक सफा गरेर सूचारु गर्न पटकपटक दवाब दिएपछि पहिरो हटाएर अबरुद्ध सडक सञ्चालनमा ल्याइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । सडक अबरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन समेत कठिनाई हुँदै आएको थियो ।

लाप्राक र आसपासका बस्तीमा सडक अबरुद्ध हुँदा चाडवाडका बेलामा समेत भारी बोकेर खाद्यसामग्री लैजानु पर्ने बाध्यता रहेको थियो । हरेक बर्ष बर्खा लागेसंगै उक्त सडकखण्ड अबरुद्ध हुँदै आएको छ । बारपाक–लाप्राक सडकखण्ड २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडकस्तरोन्नतीको काम सुरु गरिरहेको भएपनि ठेकेदारले समयमा काम सम्पन्न नगर्दा त्यसक्षेत्रका बासिन्दाहरुले हैरानी खेप्दै आउनु परेको छ ।

ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतीको काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार बिकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसंग ठेक्का सम्झौता गरेको थियो । सडकको भौतिक प्रगती अहिलेसम्म ५२ प्रतिसत मात्र रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

कार्यालयले १३.१४ किलोमिटर सडक ३४ करोड १५ लाख ७१ हजार १ सय ९८ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गते भित्रका काम सम्पन्न गर्ने म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको ४ महिना भइसक्दा पनि सडक स्तरोन्नतीको काम भने अझै अलपत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology