Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल रास्ट्रीय कर्मचारी संगठन गोरखाद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


1.9K
Shares

नेपाल रास्ट्रीय कर्मचारी संगठन गोरखाद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गोरखा २८ असोज । नेपाल रास्ट्रीय कर्मचारी सगठन जिल्ला कार्यसमिती गोरखाले बडादशै, दिपावली तथा छठ लगायतका पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनको रुपमा रहेको कर्मचारी संगठनले शुक्रबार सदरमुकाममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइराला (रुपक) ले जनयुद्धबाट देशमा राजनीतिक परिवर्तन गरेपनि नेपालको प्रसासनिक क्षेत्र र कानुनी क्षेत्रमा परिवर्तन गर्न नसक्दा माओवादीले चाहेका जति काम हुन नसकेको बताउनुभयो ।

उहाँले मानिसमा बढ्दै गएको महत्वकांक्षाले समाजमा भ्रष्टाचार, बेथिती बढेको भन्दै माओवादीले राम्रो कामलाई पनि अहिले जनताको माँझमा स्थापित गर्न नसकिएको उल्लेख गर्नुभयो । ‘‘अब अरुले गरेन भनेर बस्ने बेला छैन, इन्चार्ज कोइरालाले भन्नुभयो, ‘हामीले ल्याएको परिवर्तनलाई हामी नै स्थापित गर्नुपर्छ ।’’ उहाँले नेपालमा माओवादीले सुधार सहितको नेतृत्व गरिरहेको र अन्यकेही राजनीतिक दलहरुले भ्रष्टाचार सहितको नेतृृत्व गरिरहेकाले जनतालाई यसका बारेमा बुझाउनु आवश्यक रहेको बताउनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका गोरखा जिल्ला संयोजक दिपक तिमल्सिनाले चाडपर्वका अवसरमा गरिने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमहरु पनि रुपान्तरण सहितको हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारी क्षेत्रमा रहेका बेथितीलाई अन्त्य गर्नका लागि माओवादी बिचार र आस्थासंग जोडिएका कर्मचारीहरुले बिशेष भूमिका खेल्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले माओवादी निकट कर्मचारी संगठन साच्चै माओवादी जस्तै हुनुपर्ने बताउनुभयो ।

गोरखा जिल्लाभित्र माओवादी निकट प्रधानध्यापकहरुले नेतृत्व गरेको विधालयहरु जिल्ला भित्र उत्कृष्ट रहेको भन्दै माओवादीले नेतृत्व गरेको कार्यालयहरु पनि उत्कृष्ट हुनुपर्नेमा जोडदिनुभयो । उहाँले कर्माचारी भित्र पनि बर्ग रहेक भन्दै कमजोर बर्गलाई माया गर्नुपर्ने बताउनुभयो । माओवादीको बलिदानका कारण विभिन्न पिछडिएको बर्ग समुदायको कोटाबाट सरकारी सेवामा प्रवेश गर्ने अवसर प्राप्त भएको भन्दै त्यसलाई सवै कर्मचारीहरुलाई बुझाउनुपर्ने बताउनुभयो ।

नगरप्रमुख रानामगरले  माओवादी बिचाराधारा बोकेका कर्मचारीहरुले कर्मचारी भित्र रहेको अवसरबादी कर्मचारी विरुद्ध लड्नु पर्नेमा जोड दिनुभयो । जनताको काम गर्ने सन्दर्भमा जनप्रतिनिधिहरु धेरै प्रकारको कठिनाईहरु भोग्नु परेको भन्दै जनप्रतिनिधि र कर्मचारीहरु मिलेर सबै प्रकारका समस्याको समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संगठन गोरखाका अध्यक्ष सुदिप बि.कको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology