Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा पाँच हजार संगठित सदस्य बनाउने वाइसीएलको घोषणा


2.1K
Shares

गोरखामा पाँच हजार संगठित सदस्य बनाउने वाइसीएलको घोषणा

गोरखा, २६ असोज :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) गोरखाले जिल्ला भित्र पाँच हजार संगठित सदस्य बनाउने घोषणा गरेको छ । वाइसीएल गोरखा जिल्ला समन्वय समितिको बिहिबार बसेको बिस्तारित बैठकले वाइसीएलको सदस्यता विस्तारलाई आक्रामक बनाएर लैजाने निर्णय गरेको जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले जिल्ला भित्रका सवै वडामा रहेको संगठनलाई थप बिस्तार गर्दै पालिका र जिल्ला स्तरमा युवाहरुलाई केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले जिल्लभर सञ्चालन भइरहेको माओवादी विशेष रुपान्तरण अभियानलाई थप प्रभावकारी बनाउन संक्रिय सहयोग गर्दै अभियानसंग जोडिएर सवै पालिकाहरुमा श्रमदान कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै अभियानलाई सहयोग पुर्याउन स्थानीय स्तरमा भेला, सम्मेलन सम्पन्न गर्ने, नेपालीहरुको सामाजिक पर्व दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा स्थानीयस्तरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय बैठकले गरेको संयोजक श्रेष्ठले बताउनुभयो । पार्टीले अभियानको रुपमा अगाडी सारेको प्राकृतिक हरियाली कृषि अभियानलाई सफल पार्न युवाहरुलाई सहभागी गराउने निणर्य गरेको छ । त्यस्तै संगठनको पहलमा जिल्ला भित्रका ४५ वटा अस्थायी रुटमा समायोजन भएको भाडादर तत्काल कार्यान्व्यन गराउन प्रसासनलाई दबाब दिने निर्णय वाइसीएलले गरेको छ ।

नेकपा माओवादी केन्द्रकी  केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यतमा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज दीपक कोइराला (रुपक), केन्द्रीय सदस्य कमला नहर्की, प्रदेश समितिका सदस्य अकुर तिमल्सिना (आयाम), गोरखा नगरपालिकाका नगरप्रमख कृष्णबहादुर रानामगर, अखिल क्रान्तिकारीका गण्डकी प्रदेशका सचिव रामकृष्ण भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology