Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ६ दिनदेखि वेपत्ता भएका एक पुरुषको शव फेला


8.2K
Shares

गोरखामा ६ दिनदेखि वेपत्ता भएका एक पुरुषको शव फेला

गोरखा, २५ असोज । गोरखामा ६ दिनदेखि वेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका–१०, छेवेटार बजारको ठुटेबगर स्थित दरौँदी नदीको किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साविक गोरखा नगरपालिका–३ घरभई सिरानचोक गाउँपालिका–६ नयाँसाँघु बस्दै आएका भिमबहादुर बि.कको शव भेटिएको उहाँले बताउनुभयो । ‘‘स्थानीयबासीहरुले दरौँदी नदी किनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘‘प्रहरीलाई सूचना आएलगत्तै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा बिकको शव भएको पुष्टी भएको हो । ’’

नयाँसाँघुमा काम गरेर बस्दै आउनु भएका बि.क यहीँ असोज १९ गतेदेखि वेपत्ता हुनुभएको थियो । वेपत्ता भएलगत्तै प्रहरी र स्थानीयबासीहरुले उहाँको खोजी गरिरहेको थियो । शवको पोष्टमार्टम गरी अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology