Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

इजरायलमा १० नेपालीको मृत्यु : सरकारले घोषणा गर्‍यो राष्ट्रिय शोक


1.8K
Shares

इजरायलमा १० नेपालीको मृत्यु  : सरकारले घोषणा गर्‍यो राष्ट्रिय शोक

काठमाडौ, २२ असोज । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

‘यस अकल्पनीय घटनामा दिवंगत भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ उहाँले भन्नुभयो ।

घटनामा निधन भएका १० जना नेपालीको शव तत्काल ल्याउने पनि उहाँले बताउनुभयो । साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology